चामल बिक्रीमा अनियमितता गर्नेमाथि छानबिन हुने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चामल बिक्रीमा अनियमितता गर्नेमाथि छानबिन हुने


३१ श्रावण २०७८, आइतबार


हुम्ला । सिमकोट गाउँपालिकामा लकडाउनको अवधिमा २० प्रतिशत सहुलियत दरको चामलमा कर्मचारीले घोटाला गरेको विषयमा छानबिन गरिने भएको छ ।

छुटको चामल बिक्रीमा भएको अनियमितता छानबिन गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले छानबिन टोली आज जिल्ला आउने जानकारी दिए । सरकारले निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्टट्रेडिङ कर्पोरेसनको चामल, पिठो, दाल, नुन, चिनी खाना पकाउने ग्यासमा २० प्रतिशत छुट दिने निर्णय गरेको थियो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी जिल्ला शाखाका कर्मचारीले २० प्रतिशत छुटमा बिक्री नगरी पुरानै मूल्यमा बिक्री गरेको समाचार प्रकाशन भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस