माओवादीको केन्द्रीय कमिटी बैठक जारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

माओवादीको केन्द्रीय कमिटी बैठक जारी


३१ श्रावण २०७८, आइतबार


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ। बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बैठक बसिरहेको छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिवार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत निष्कर्ष प्रस्तुत हुने बताइएको छ । उक्त प्रतिवेदनमाथि छलफलका लागि आठ वटा समूह बनाइएको छ । नेताहरूले समूहमा छलफल गरेका छन् ।

प्रतिवेदनमा प्रचण्डले पार्टीको राष्ट्रिय सम्मेलन आउँदो पुस ११ देखि १३ गतेसम्म गर्ने प्रस्ताव गरेका छन् ।

यस्तै केन्द्रीय कमिटी बैठकअघि आज बिहान माओवादीको स्थायी कमिटी बैठक बसेको थियो । पेरिस डाँडामा बसेको बैठक केन्द्रीय कमिटी बैठकको विषयमा केन्द्रित रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस