स्कुटर दुर्घटना हुँदा एकको मृत्यु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

स्कुटर दुर्घटना हुँदा एकको मृत्यु


३१ श्रावण २०७८, आइतबार


टीकापुर । कैलालीको लम्की चुहा नगरपालिका–६ मा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा स्कुटर चालक सोही ठाउँका १९ वर्षीय गोपाल चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

प्रहरीका अनुसार सुपप्र ००१–००८प १७८० नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार राति साढे १०ः०० बजे दुर्घटना भएको हो । दुर्घटनाबाट गम्भीर घाइते भएका चौधरीको लम्कीचुहा अस्पतालमा उपचारका क्रममा राति नै मृत्यु भएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस