प्रदेश नं १ मा ६९२ सङ्क्रमित थपिए « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रदेश नं १ मा ६९२ सङ्क्रमित थपिए


३० श्रावण २०७८, शनिबार


मोरङ । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ६९२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सात सय ८८ जनाको पिसीआर परीक्षण गर्दा २१५ र एक हजार ५४९ जनाको एन्टिजेन परीक्षण गर्दा ४७७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पिसीआर परीक्षणका आधारमा मोरङमा १०८ मध्ये विराटनगरमा २०, सुनसरीमा ४२, झापामा ३८, धनकुटामा १४, इलाममा नौ, उदयपुरमा दुई, सङ्खुवासभा र भोजपुरमा एक/एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा प्रदेशमा ६४५ सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ३०७ महिला र ३३८ पुरुष छन् । सो अवधिमा तीन महिलासहित सात जनाको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस