सानिमा लाइफको आईपीओ बाँडफाँड, झण्डै १८ लाखको हात खाली « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सानिमा लाइफको आईपीओ बाँडफाँड, झण्डै १८ लाखको हात खाली


३० श्रावण २०७८, शनिबार


काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ आज बाँडफाँड भएको छ । सानिमा लाइफ इन्स्योरेन्सको साधारण शेयर ५ लाख ४० हजार जनाले हात पारेका छन् ।

कम्पनीको साधारण शेयरमा आवेदन दिएका योग्य आवेदकमध्ये ५ लाख ४० हजार जनाले हात पारेको उक्त कम्पनीको आईपीओ १७ लाख ६८ हजार १२२ जनाको हात खाली भयो ।

कम्पनीको साधारण शेयर माग गर्दै २४ लाख १९ हजार ८४८ आवेदनले खरिदका लागि आवेदन दिएका थिए । कुल आवेदनमध्ये एक लाख ११ हजार ७२६ रद्द भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस