गुल्मीमा चार वर्षीया छोरी बलात्कारको आरोपमा एक पुरुष पक्राउ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

गुल्मीमा चार वर्षीया छोरी बलात्कारको आरोपमा एक पुरुष पक्राउ


३० श्रावण २०७८, शनिबार


गुल्मी । चार वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा काली गण्डकी गाउँपालिका–७ भुर्तुङका ३६ वर्षीय पुरुष पक्राउ परेका छन्।

उनलाई शुक्रबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए।

बालिकालाई स्वास्थ्य परीक्षण गरी राखिएको प्रहरीले बताएको छ। ती पुरुषलाई आइतबार जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी जबरजस्ती करणीको मुद्दा दर्ता गर्ने तयारी रहेको पाण्डेले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस