पाल्पामा बाबुले हानेको बन्दुकको गोली लागेर छोराको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पाल्पामा बाबुले हानेको बन्दुकको गोली लागेर छोराको मृत्यु


३० श्रावण २०७८, शनिबार


पाल्पा । पाल्पामा बाबुले हानेको बन्दुकको गोली लागेर छोराको मृत्यु भएको छ।

मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवास्थित तल्लोतालका ३५ वर्षीय धनबहादुर लम्तरी रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए।

५६ वर्षीय कर्णबहादुरले शुक्रबार बेलुकी ६ बजे भरुवा बन्दुकले मकै बारीमा आएको स्याललाई हानेका थिए।

स्याललाई ताकेको बन्दुकको गोलीले घरदेखि करिब १०० मिटर टाढा मकै बारीमा रहेका छोरालाई लागेर मृत्यु भएको त्वातीले बताए। घटनाबारे थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस