चीनमा ७७ करोड ७० नागरिकलाई लगाइयो पूरा मात्राको खोप « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

चीनमा ७७ करोड ७० नागरिकलाई लगाइयो पूरा मात्राको खोप


३० श्रावण २०७८, शनिबार


काठमाडौँ । चीनमा ७७ करोड ७० लाख व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाइएको छ।

एउटा मात्रै खोप लगाएकाहरूको सङ्ख्या अझै धेरै भए पनि दुवै खोप लगाएर खोपको मात्रा पूरा गरेकाहरूको सङ्ख्या ७७ करोड ७० लाख पुगेको स्वास्थ्य अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन्।

हालसम्म चीनमा एक अर्ब ८३ करोड डोज खोप लगाइएको राष्ट्रिय स्वास्थ्य निकायका प्रवक्ता मी फेङले एक पत्रकार सम्मेलनमा बताएका छन्‌।

​चीनको हुबे प्रान्तको वुहान सहरबाट सुरु भएको यस कोरोना भाइरसको महामारी न्यूनीकरणका लागि अहिलेसम्म खोप नै एक मात्र उपाय मानिएको छ।

महामारी न्यूनीकरणका लागि खोपको प्रयोग पनि सबैभन्दा बढी चीनमा नै भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस