दुर्गमका नागरिकले अझै पाएनन् सहज तरिकाले खोप « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दुर्गमका नागरिकले अझै पाएनन् सहज तरिकाले खोप


३० श्रावण २०७८, शनिबार


काठमाडौँ । देशभर कोरोना संक्रमणविरुद्ध खोप अभियान जारी भए पनि दुर्गम क्षेत्रका नागरिकले अझै पनि सहज तरिकाले खोप पाउन सकिरहेका छैनन् ।

सरकारले सहरी क्षेत्रमा खोप अभियान द्रुत गतिमा अघि बढाए पनि ग्रामीण र दुर्गम क्षेत्रमा खोप अभियान अझै सुस्त गतिमा छ । जसले गर्दा दूर दराजका बहुसङ्ख्यक नागरिक खोपबाट पाउनबाट वञ्चित छन् ।

सरकारले जारी गरेको खोप अभियानअन्तर्गत शुक्रबार सम्मको तथ्याङ्क विश्लेषण गर्दा बागमती प्रदेशमा १३ लाख ५६ हजार ६ सय १८ जनाले पूर्ण खोप लगाउँदा कर्णाली प्रदेशका १ लाख १४ हजार ३ सय ४ जनाले मात्रै पूर्ण खोप लगाएका छन् ।

कर्णाली प्रदेशमा जनसङ्ख्या थोरै भए पनि बागमती प्रदेशको तुलनामा सो प्रदेशमा खोप लगाउनेको सङ्ख्या निकै न्यून देखिन्छ ।अझै पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार पारेको खोप प्राथमिकता योजनाअनुसार खोप अभियान सञ्चालन हुन सकेको छैन ।

सरकारले निगरानी बढाउन नसकेका कारण सोर्स फोर्स रोकिन नसक्दा लक्षित समूहभन्दा बाहिरका नागरिकले समेत खोप लगाइरहेका छन् ।

यस्तै, प्रदेश १ मा ३ लाख ८ हजार २ सय ३७, प्रदेश २ मा ३ लाख ७३ हजार ५ सय ३, गण्डकी प्रदेशमा २ लाख ९१ हजार ९ सय ६, सुदूरपश्चिम प्रदेशमा २ लाख १५ हजार ५ सय ३७ जनाले कोरोनाविरुद्ध पूर्ण खोप लगाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस