आजको मौसम : देशका अधिकांश स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

आजको मौसम : देशका अधिकांश स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना


३० श्रावण २०७८, शनिबार


काठमाडौँ । आज दिउँसो देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम पूर्वानुमान शाखाका अनुसार प्रदेश नं १, बागमती प्रदेश , गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ।

हाल मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले यसको प्रभाव तराई भेगमा बढी पर्ने शाखाले जनाएको छ।

प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेशका थोरै स्थानमा र गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

पहाडी भू- भागमा भूक्षय, पहिरो तथा गेग्र्यान बहावको जोखिम रहेकोले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान शाखाले अनुरोध गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस