सेयर धितोमा एक व्यक्तिले १२ करोडभन्दा बढी ऋण नपाउने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सेयर धितोमा एक व्यक्तिले १२ करोडभन्दा बढी ऋण नपाउने


२९ श्रावण २०७८, शुक्रबार


काठमाडौँ । सेयर धितोमा मौद्रिक नीतिले कडाइ गरेको छ। एउटा बैंक तथा वित्तीय संस्थाले एक व्यक्तिलाई सेयर धितोमा बढीमा ४ करोड मात्रै कर्जा दिन पाउने भएको छ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै सेयर धितो राखेर एक व्यक्तिले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट बढीमा १२ करोड रुपैयाँ मात्रै ऋण लिन पाउने बताएका हुन्।

सेयर धितो राखेर कसैले १२ करोड रूपैयाँ भन्दा बढी ऋण लिन पाउने छैन। यसले ठूला सेयर लगानीकर्ताको मनोवलमा असर पार्ने भएकाले केही दिन बजार प्रभावित हुन सक्नेछ। यसअघि यस्तो व्यवस्था गरिएको थिएन।

यद्यपि सेयर धितोमा दिइने कर्जाको दर र गणनाको व्यवस्था भने पुरानै कायम राखिएको छ। शेयर धितोमा पछिल्लो १२० दिनको औसत मूल्यलाई आधार मानेर कुल सेयर मूल्यको ७० प्रतिशतसम्म ऋण पाइने गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस