पछिल्लो २४ घण्टामा थप ३९१५ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पछिल्लो २४ घण्टामा थप ३९१५ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको मृत्यु


२९ श्रावण २०७८, शुक्रबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३ हजार ९१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १८ हजार ५८२ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा ११ हजार ७०८ जनाको पिसिआर र ६ हजार ८७४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ११८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। हालसम्म नेपालमा ६ लाख ७९ हजार ४९५ जना कोरोना मुक्त भएका छन्।

यसका साथै शुक्रबार कोरोना भाइरस संक्रमणबाट थप २७ जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या १० हजार २३९ पुगेको छ।

यस्तै संक्रमितमध्ये काठमाडौँ उपत्यकामा एक हजार ८९ जनालाई संक्रमण देखिएको छ। काठमाडौँमा ७९९, ललितपुरमा १२८ र भक्तपुरमा १६२ जना संक्रमित थपिएका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस