अमर्यादित शब्दलाई संसदको रेकर्डबाट हटाउन सभामुखको निर्देशन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अमर्यादित शब्दलाई संसदको रेकर्डबाट हटाउन सभामुखको निर्देशन


२९ श्रावण २०७८, शुक्रबार


काठमाडौँ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोलिएको ‘मेन्टल्ली’, ‘फिजिकल्ली’ भन्ने शब्दलाई संसद सचिवालयको रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठक सुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले हिजोको बैठकमा सत्तापक्षीय एक जना सांसदले अर्को प्रतिपक्षी दलका सांसदलाई अमर्यादित र असंसदीय शब्द बोलेको भन्दै त्यसलाई संसदको रेकर्डबाट हटाउन माग गरेका थिए ।

हिजोको बैठकमा विशेष समयमा बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसद मातृकाप्रसाद यादवले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली ‘मेन्टल्ली र फिजिकल्ली’ अस्वस्थ भएकाले नै मुलुकलाई दुर्घटना तर्फ उन्मुख गराएको आरोप लगाएका थिए ।

पूर्वमन्त्रीसमेत रहेका यादवले बोल्नेबित्तिकै प्रमुख सचेतक भट्टराईले हिजोको बैठकमा पनि नियमापत्ति गर्दै उक्त शब्दावलीलाई संसद्को‌ रेकर्डबाट हटाउन माग गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस