कोरिया जाने नागरिकलाई कोरोना विरुद्धको खोप दिइने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोरिया जाने नागरिकलाई कोरोना विरुद्धको खोप दिइने


२९ श्रावण २०७८, शुक्रबार


काठमाडौँ । सरकारले दक्षिण कोरिया जाने नागरिकलाई कोरोना भाइरस विरुद्धको खोपको व्यवस्था गर्ने भएको छ।

स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै रोजगारी वा अन्य सिलसिलामा दक्षिण कोरिया जाने नेपालीलाई खोपको व्यवस्था गर्ने जनाएको हो।

मन्त्रालयका अनुसार काठमाडौँको प्रहरी अस्पताल महाराजगन्ज र सैनिक अस्पताल छाउनीमा जोनसोन एण्ड जोनसोन खोपको व्यवस्था गरिएको छ।

खोप लगाउन जाँदा जनस्वास्थ्यको मापदण्ड पूरा गर्न आग्रह गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस