साहस ऊर्जाको आइपिओ खुला « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

साहस ऊर्जाको आइपिओ खुला


२९ श्रावण २०७८, शुक्रबार


काठमाडौँ । साहस ऊर्जाको प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला भएको छ। कम्पनीले आजदेखि बिक्री खुला गरेको आइपिओ भदौ ११ गतेसम्म जारी रहनेछ।

सो अवधिसम्म मागबमोजिमको आवेदन नपरेमा ढिलोमा भदौ २७ गतेसम्म सेयर निष्कासन तथा बिक्री खुला हुने कम्पनीले जनाएको छ। आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका बासिन्दाका लागि भने ३५ लाख कित्ता साधारण सेयर निष्कासन खुला गरिएको छ।

कम्पनीले प्रतिसेयर १०० मूल्यका दरले ३५ लाख कित्ता अर्थात् ३५ करोड बराबरको सेयर जारी गरेको हो। योसँगै इच्छुक स्थानीय बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम १० लाख ५० हजार कित्ता सेयर खरिद गर्न सक्नेछन्।

आइपिओमा ग्लोबल आइएमइ बैङ्क र माछापुच्छ्रे बैङ्कको सल्लेरी शाखा, नेपाल इन्भेस्टमेन्ट बैङ्कको लुक्ला शाखा, लक्ष्मी बैङ्कको मुग्ली र नेले शाखा र प्राइम बैङ्कको रमिते शाखामार्फत आवेदन दिन सकिनेछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस