नक्कली स्यानिटाइजर बनाउने आशिष २० लाख धरौटीमा रिहा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नक्कली स्यानिटाइजर बनाउने आशिष २० लाख धरौटीमा रिहा


२९ श्रावण २०७८, शुक्रबार


काठमाडौँ । ललितपुर जिल्ला अदालतले नक्कली स्यानिटाइजर उत्पादन गरेको आरोपमा पक्राउ परेका आशिष प्याकुरेललाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

अदालतका न्यायाधीश द्वय बामदेव ज्ञवाली र किरण कुमार पोखरेलको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

प्रहरीले गत जेठ ९ गते प्याकुरेललाई पक्राउ गरेको थियो ।

ललितपुरको इमाडोलमा अवैध कम्पनी चलाएर नक्कली स्यानिटाइजर उत्पादन गर्दै आएका प्याकुरेलको कम्पनीबाट ३० हजार लिटर नक्कली स्यानिटाइजर बरामद गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस