वीरगञ्जको एक होटलबाट पेस्तोलसहित तीन जना पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

वीरगञ्जको एक होटलबाट पेस्तोलसहित तीन जना पक्राउ


२९ श्रावण २०७८, शुक्रबार


पर्सा । वीरगञ्ज महानगरपालिका– १५ स्थित ब्रह्मचोकको एक होटलबाट प्रहरीले पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका– १२ मुर्ली बस्ने अनिल साह, धरान नगरपालिका– १५ बस्ने रवि पौडेल र पकाहामैनपुर गाउँपालिका– ३ बस्ने विजय कुमार पटेल रहेका छन् ।

उनीहरुको साथबाट एउटा पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरीले नियन्त्रणमा लिएका ३ जना माथि हातहतियार सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस