काँग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

काँग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै


२९ श्रावण २०७८, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (शुक्रबार) पनि बस्दै छ।

पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको छ।

आगामी भदौ १६ देखि १९ गतेसम्म गर्ने भनिएको पार्टीको १४ औँ महाधिवेशन तोकिएको समयमा गर्न नसक्ने भएपछि काँग्रेसले हिजो (बिहीबार) देखि केन्द्रीय कार्य समितिको बैठक बोलाएर छलफल गरिरहेको छ।

बिहीबारको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले तोकिएको समयमा महाधिवेशन नगरे पार्टीको वैद्यता समाप्त हुने भएकाले मिति नसार्न सुझाव दिएका थिए।

पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलका अनुसार आजको बैठकमा उपसभापति विमलेन्द्र निधिले पेस गरेको प्रतिवेदन तथा महामन्त्री पूर्णबहादुर खड्काले पेस गरेका विभिन्न प्रस्तावमाथि बाँकी सदस्यहरुले बोल्ने कार्यक्रम रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस