कैलालीमा ट्रक दुर्घटना, चालकको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कैलालीमा ट्रक दुर्घटना, चालकको मृत्यु


२९ श्रावण २०७८, शुक्रबार


कैलाली । कैलालीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

धनगढीबाट डडेल्धुरातर्फ गइरहेको से १ ख ८५१ नम्बरको ट्रक बिहीबार साँझतिर गोदावरीमा दुर्घटना हुँदा चालक ३५ वर्षीय रामसिंह महराको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी बैतडीको सिगास गाउँपालिका–९ बचपानीका वासिन्दा हुन् ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका महराको उपचारका क्रममा बिहीबार राति सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

दुर्घटनामा परेर बैतडीकै सुर्नया गाउँपालिका–५ का पंकज मडै सामान्य घाइते भएका छन् । उनी ट्रकका सहचालक हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस