विश्वमा २४ घण्टामा थपिए ६ लाख ८३ हजार नयाँ कोरोना सङ्क्रमित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विश्वमा २४ घण्टामा थपिए ६ लाख ८३ हजार नयाँ कोरोना सङ्क्रमित


२९ श्रावण २०७८, शुक्रबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा विश्वभर ६ लाख ८३ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। जसमध्ये अमेरिकामा मात्रै १ लाख १९ हजार संक्रमति थपिएका छन्।

यस्तै‚ भारतमा ४० हजार, इरानमा ३९ हजार, ब्राजिलमा ३५ हजार ९००, बेलायतमा ३३ हजार, फ्रान्समा २८ हजार ५००, टर्कीमा २२ हजार २००, रसियामा २१ हजार ९०० र मलेसियामा २१ हजार ७०० जनामा सङ्क्रमण देखिएको छ।

यो अवधिमा ५ लाख ५४ जना सङ्क्रमित निको भएका छन्। गत २४ घण्टामा कोरोनाकै कारण १० हजार २३९ जनाले मृत्यु भएका छन्। तीमध्ये सबैभन्दा धेरै इन्डोनेसियामा १४ सय ६६ जनाको मृत्यु भएको छ। ब्राजिलमा ९७५, रसियामा ८०८, अमेरिकामा ६६०, भारतमा ५८३, इरानमा ५६८, मलेसियामा ३१८, अर्जेन्टिनामा १८१, टर्कीमा १३८, बेलायतमा ९४ र फ्रान्समा ७७ जनाको मृत्यु भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस