आजको मौसम : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आजको मौसम : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


२९ श्रावण २०७८, शुक्रबार


काठमाडौँ । शुक्रबार देशका अधिकांश स्थानहरुमा सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मुलुकका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।

प्रदेश १, बागमती प्रदेश , गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार राति पनि दिउँसोको जस्तै मौसम प्रणाली रहने महाशाखाले जनाएको छ ।

राति देशका अधिकांश स्थानहरुमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै प्रदेश १, प्रदेश २, बागमती प्रदेशका थोरै स्थानहरुमा र गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

अहिले बिहान देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। हाल मनसुनी न्यून चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको मौसमविद्ले जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस