आइएमई लाइफद्वारा २५ लाख घातक रोग बीमाङ्क रकम भुक्तानी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आइएमई लाइफद्वारा २५ लाख घातक रोग बीमाङ्क रकम भुक्तानी


२८ श्रावण २०७८, बिहिबार


काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २५ लाख बराबरको घातक रोग बीमाङ्क रकम भुक्तानी गरेको छ ।

कम्पनीले प्रदेश ३ हेटौडा शाखा कार्यालयबाट आइएमई धन सरिता(वार्षिक अग्रिम भुक्तानी सावधिक) जीवन बीमा योजना र सो योजना अन्तर्गत घातक रोगको रक्षा वरण समेत हुने गरी बीमाङ्क रकम २५ लाख बराबरको बीमा गरेका हिमाल पौडेललाई कम्पनीले उक्त रकम भुक्तानी गरेको हो ।

बीमा गरेको करिब १४ महिनाको अवधिमा नै क्यान्सर प्रमाणित भएका बीमितलाई कम्पनीले उक्त दाबी भुक्तानी गरेको हो । कम्पनीले पछिल्लो समय विभिन्न २१ घातक रोगहरू विरुद्ध रक्षा वरण हुने बीमालेख योजना ल्याएको छ ।

कम्पनीले दाबी भुक्तानी प्रक्रिया सहज बनाई छिटो तथा प्रभावकारी ढंगगबाट दाबी भुक्तानी फर्छ्यौट गर्ने लक्ष्य लिएको प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले जानकारी दिए । दाबी भुक्तानी समयमा नै हुँदा बीमित तथा आश्रित परिवारहरूलाई बीमा बापतको लाभ समयमा उपलब्ध हुने, आर्थिक स्तरमासमेत थप सहयोग हुने र जीवन बिमाप्रति थप भरोसा रहने उनको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस