भोजडिलबाट खरिद गर्दा आइएमई पेबाट भुक्तानी गरे २० प्रतिशत क्यासब्याक पाइने « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

भोजडिलबाट खरिद गर्दा आइएमई पेबाट भुक्तानी गरे २० प्रतिशत क्यासब्याक पाइने


२८ श्रावण २०७८, बिहिबार


काठमाडौँ। आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ र भोजबिच सम्झौता भएको छ ।

सम्झौता अनुसार नेपालको वान स्टप फुडि एप भोजबाट खरिद गर्दा सेवाग्राहीहरूले आइएमई पे एपमार्फत सजिलैसँग भुक्तानी गर्न सक्नेछन् ।

भोज र आइएमई डिजिटल सोलुसन लिमिटेडबिच सम्झौता अनुसार अब भोजबाट आइएमई पेमार्फत खरिद गर्दा ५०० रुपैयाँ नबढ्ने गरी २० प्रतिशत क्यासब्याक गरी सेवाग्राहीले प्राप्त गर्न सक्नुहुनेछ । अफर १३ अगस्त २०२१ देखि १९ अगस्त २०२१ सम्म लागू हुनेछ ।

उक्त अवसरमा बोल्दै आइएमई डिजिटल सोलुसन लिमिटेडका बजार व्यवस्थापक आमोद भट्टराईले भोजमा ‘आइएमई पे’को भुक्तानी सेवासँगै २० प्रतिशत क्यास ब्याकको योजना पनि सुरु भएको हुँदा आइएमई पेबाट भुक्तानी गरी सेवाग्राहीहरूले अधिकतम फाइदा लिनेमा आफू विश्वस्त रहेको बताए ।

सेवा सुरुवात गरिएको उपलक्ष्यमा बोल्दै भोजका सह–संस्थापक निकेत अग्रवालले भोजडिल्सबाट खरिद गर्दा ‘आइएमई पे’मार्फत भुक्तानी गर्न सकिने हुँदा सेवाग्राहीहरूलाई अझ सजिलो हुने र क्यास ब्याकको फाइदा पनि उठाउन सक्ने विश्वास व्यक्त गरे ।

‘आइएमई पे’ आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित एक विद्युतीय भुक्तानी सेवा प्रदायक ब्रान्ड हो ।

Tags :
प्रतिक्रिया दिनुहोस