जबरजस्ती करणी आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जबरजस्ती करणी आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ


२८ श्रावण २०७८, बिहिबार


बुटवल । स्थानीय महिलालाई जबरजस्ती करणी उद्योग गरेको आरोपमा रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) लाई प्रहरीले पक्राउ गरेको छ ।

गाउँपालिका अध्यक्ष शुक्लाविरुद्ध स्थानीय ३० वर्षीया महिलाले बिहीबार जिल्ला प्रहरी कार्यालय भैरहवामा जबरजस्ती करणी उद्योग गरेको भन्दै उजुरी दिएपछि शुक्ला पक्राउ परेका हुन् ।

उजुरीका आधारमा शुक्लालाई बिहीबार दिउँसो २ बजे पक्राउ गरेको प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।

शुक्लामाथि थप अनुसन्धान भइरहेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस