२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राविधिकसहितका कर्मचारी नहुँदा काम गर्नै मुस्किल

अ+ अ-

जाजरकोट । विद्युत्को लाइन विस्तारसँगै आवश्यक प्राविधिकको अभावले काम गर्न नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालयमा समस्या हुँदै आएको छ । एघार केभी प्रसारण लाइन जिल्ला सदरमुकाममा ल्याउँदै गर्दा १७ कर्मचारीले धानेको काम अहिले लाइन विस्तार तीव्र भइरहँदा कर्मचारीको सङ्ख्या घटेर १३ पुगेको छ ।

कूल ३० जनाको दरबन्दी भए पनि हाल १३ जना कर्मचारी कार्यरत छन् । तीमध्ये पाँच करार, पाँच ज्यालादारी, तीन स्थायी कर्मचारी कार्यरत रहेको जाजरकोट शाखा प्रमुख विशाल लामिछानेले बताए ।

हाल सदरमुकाममा मात्र कार्यालय रहेकाले गाउँमा लाइन विस्तार भएसँगै त्यहाँका उपभोक्तालाई सदरमुकामसम्म आएर शुल्क बुझाउन समस्या भएको छ । रु १०० सय शुल्क तिर्नका लागि एक हजार खर्च गर्नुपर्ने बाध्यता छ । अहिले छेडागाड नगरपालिकाको मोर्क, नलगाड नगरपालिकाको दल्लीमा नयाँ उपशाखा खोल्ने तयारी भए पनि कर्मचारी नहुँदा समस्या हुँदै आएको छ । लाइन विस्तारको काम तीव्र भए पनि कर्मचारी अभावले गर्दा काम गर्न समस्या हुँदै आएको छ ।

जाजरकोट, सुर्खेतको आधा भाग, सल्यानको आधा भागसमेत यहाँको विद्युत् प्राधिकरण कार्यालयले नै मर्मत तथा लाइन विस्तारको काम गर्नुपरे पनि सवारीसाधनको नाममा एकथान मोटरसाइकल तथा एकथान थोत्रो गाडी रहेको र स्थलगत कामका लागि पनि व्यक्तिगत सवारीसाधन प्रयोग गरेर खटिनुपरेको कार्यालयका कर्मचारीको गुनासो छ प्रदेशबाट गरिएका ठेक्कामा चरम लापर्बाही भएका कारण काममा ढिलासुस्ती हुँदै आएको छ । पहुँचको भरमा ठेक्का लिने तर बीचमै छोड्दा तोकिएको समयमा काम हुन नसकेको उपभोक्ताको भनाइ छ ।