सुनको मूल्यमा वृद्धि « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुनको मूल्यमा वृद्धि


२८ श्रावण २०७८, बिहिबार


काठमाडौँ । नेपाली बजारमा केही दिनदेखि ओरालो लागिरहेको सुनको मूल्य आज (बिहीबार) भने उकालो लागेको छ ।

बुधबार तोलामा ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार ६०० रुपैयाँ बढेर तोलामा ८९ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार बिहीबार तेजाबी सुन तोलामा ८८ हजार ९५० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै नेपाली बजारमा चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार तोलामा ११९० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस