उदयपुरको पोखरी केन्द्रविन्दु भएर भूकम्प « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

उदयपुरको पोखरी केन्द्रविन्दु भएर भूकम्प


२८ श्रावण २०७८, बिहिबार


काठमाडौँ । उदयपुरको पोखरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः५४ बजे ४.३ रेक्टर स्केलको भूकम्प गएको हो ।

खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पको पराकम्प हो अथवा नयाँ भूकम्प हो भन्ने बारेमा अनुसन्धान भइरहेको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस