जनसङ्ख्याका आधारमा पार्टीमा जनजातिको प्रतिनिधित्व हुन्छ : डा महत « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

जनसङ्ख्याका आधारमा पार्टीमा जनजातिको प्रतिनिधित्व हुन्छ : डा महत


२७ श्रावण २०७८, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका सह महामन्त्री डा प्रकाशशरण महतले जनजातिको जनसङ्ख्याका आधारमा पार्टीमा उनीहरुको प्रतिनिधित्व हुने बताएका छन् ।

आदिवासी जनजाति केन्द्रीय विभागद्वारा आज काँग्रेस पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सह महामन्त्री डा महतले भने, ‘नेपालमा आदिवासी जनजातिको अलग्गै र विशिष्ट पहिचान छ, उनीहरुको उत्थानबिना देशको विकास असम्भव छ ।’

सह महामन्त्री डा महतले काँग्रेसले आदिवासीका समस्या र देशमा आदिवासी जनजातिको हितका पक्षमा काम गरिरहेको बताए । उनले काँग्रेसको सरकारकै नेतृत्वमा निर्माण भएको देशको वर्तमान संविधानमा समावेशी सिद्धान्तबमोजिम नै महिला, आदिवासी जनजाति, दलितलाई राज्यमा उचित प्रतिनिधित्वको व्यवस्था गरेको पनि बताए ।

सह महामन्त्री डा महतले सम्पूर्ण आदिवासी जनजाति काँग्रेसको समावेशी नीति र कार्यक्रमलाई जनताका सामु लैजानुपर्ने बताए । उनले काँग्रेसले नै देशका प्रमुख राजनीतिक परिवर्तनहरुको नेतृत्व गरेको र त्यसमा देशका आदिवासी, जनजाति एवं दलितलगायतका देशका समग्र समुदायले काँग्रेसलाई साथ दिएको स्मरण पनि गरे ।

उनले नेकपाको सरकारको गैर जिम्मेवार कार्यका कारण वर्तमान सरकार निर्माण भएको भन्दै यो सरकारले जनताको हितमा काम गर्छ भने ।

Tags :
प्रतिक्रिया दिनुहोस