लुम्बिनीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वारा आव्हान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लुम्बिनीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वारा आव्हान


२७ श्रावण २०७८, बुधबार


रूपन्देही । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्।

मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको सरकार गठनका लागि आह्वान गरेका हुन्।

आज सूचना जारी गर्दै २४ घण्टाभित्र सरकार गठनका लागि दललाई आव्हान गरेका हुन् । नयाँ सरकारमा दावी पेश गर्नका लागि बिहीबार अपराह्न ३ः०० बजेसम्मको समय दिइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस