लुम्बिनीका मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लुम्बिनीका मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत


२७ श्रावण २०७८, बुधबार


बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले उनको राजीनामा स्वीकृत गरेका हुन् ।

मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा दायर भएको अविश्वास प्रस्तावमाथि आज छलफल र निर्णय हुने कार्यतालिका थियो । विपक्षी गठबन्धनसँग बहुमत देखिएपछि पोखरेलले राजीनामाको विकल्प रोजेका थिए ।

१९ वैशाखमा संविधानको धारा १६८(१) अनुसार मुख्यमन्त्री नियुक्त भएका पोखरेलले बुधबार राजीनामा दिएका हुन् ।

प्रदेशसभाको विशेष अधिवेशन अन्तर्गत आजको दोस्रो बैठकमा सभामुख पूर्ण घर्तीले मुख्यमन्त्रीको राजीनामा स्वीकृतसम्बन्धी प्रदेश प्रमुखको पत्र वाचन गरेर सुनाए ।  योसँगै विशेष अधिवेशन सकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस