बुधबार सेयर बजार परिसूचक नेप्सेमा ०.९४ अङ्कको सामान्य वृद्धि « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

बुधबार सेयर बजार परिसूचक नेप्सेमा ०.९४ अङ्कको सामान्य वृद्धि


२७ श्रावण २०७८, बुधबार


शेयर बजार

काठमाडौँ । बुधबार सेयर बजारको परिसूचक नेप्से १ अङ्कमुनि हरियो रह्यो। यस दिन ०.९४ अङ्कले बढेको परिसूचकले उच्च अङ्कको नयाँ रेकर्ड भने कायम गरेको छ। परिसूचक ३ हजार १६२ अङ्कमा कायम भएको छ। यस दिन कुल १५ अर्ब ४५ करोड रुपैयाँको सेयर किनबेच भयो।

समूहगत रुपमा हेर्दा होटल तथा पर्यटन र जलविद्युत समूहमा लगानीकर्ताको आकर्षण रह्यो। होटल तथा पर्यटन समूह १०२ अङ्कले बढ्यो भने जलविद्युत समूह १४४ अङ्कले बढ्यो।

त्यस्तै निर्जीवन बीमा ४३, माइक्रोफाइनान्स ८ र जीवन बीमा समूह १० अङ्कले बढे। बैङ्किङ १४, व्यापार ४९, विकास बैङ्क ४१, फाइनान्स १९, उत्पादन ३ र अन्य समूह १२ अङ्कले घटे।

समग्र परिसूचक सामान्य बढ्दा पनि ८ कम्पनीको मूल्य भने करिब १० प्रतिशतले बढेको छ। खास गरी जलविद्युत कम्पनीको मूल्य उच्च दरले बढेको छ।

रिडी हाइड्रोपावर, रुरु जलविद्युत, आइसिएफसी फाइनान्स, जीवन विकास लघुवित्त, युनियन लाइफ इन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, अरुण काबेली र नेपाल हाइड्रोको मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो।

हालै सूचीकृत भएको जीवन विकासको मूल्य प्रतिकित्ता २ हजार २०५ रुपैयाँ पुगेको छ भने युनियन लाइफको ७०६ रुपैयाँ पुगेको छ।

जानाकी फाइनान्सको मूल्य सबैभन्दा धेरै ४ प्रतिशतले घटेको छ। राष्ट्रिय बीमा कम्पनी संस्थापक समूहको मूल्य ३.६ प्रतिशतले घटेको छ। जलविद्युत लगानी तथा विकास कम्पनी, गोर्खाज फाइनान्स, वेस्ट फाइनान्स, एक्सल र ग्रिन डेभलपमेन्टको मूल्य ३ प्रतिशतको हाराहारीमा घटेको छ।

कारोबारका आधारमा माथिल्लो तामाकोसीको सबैभन्दा धेरै ६८ करोडको कारोबार भयो। त्यस्तै अरुण भ्यालीको ५७ करोड, अरुण काबेलीको ५६ करोड रुपैयाँ बराबरको कारोबार भयो।

Tags :
प्रतिक्रिया दिनुहोस