लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन स्थगित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन स्थगित


२७ श्रावण २०७८, बुधबार


बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वास प्रस्तावमाथि छलफलका लागि शुरु भएको प्रदेशसभाको विशेष अधिवेशन स्थगित भएको छ ।

मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको आधिकारिक जानकारी प्रदेशसभाले पाएपछि प्रदेशसभाको विशेष अधिवेशन स्थगित भएको हो । 

दिउँसो एक बजेर १० मिनेट जाँदा पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएका थिए । उक्त पत्रको आधिकारिक जानकारी प्रदेशसभामा नआएको भन्दै पूर्व निर्धारित तालिका अनुसार १ बजेदेखि विशेष अधिवेशन सुरु भएको थियो ।

अधिवेशनमा अविश्वासको प्रस्ताव टेबल भएको थियो । त्यसपछि एक घण्टाका लागि अधिवेशन स्थगित भएको थियो । सभामुख पूर्ण बहादुर घर्तीले पुन: प्रदेशसभाको दोस्रो बैठक सुरु गरेका थिए । बैठकमा मुख्यमन्त्रीको राजीनामा पत्र पढेर सुनाए । योसँगै विशेष अधिवेशन सकिएको छ ।

संविधानको धारा १६८ को १ बमोजिम एमालेको एकल बहुमतमा शंकर पोखरेल मुख्यमन्त्री बनेका थिए । अब प्रदेश प्रमुखले संविधानको धारा १६८ को २ बमोजिम दुई वा त्यसभन्दा धेरै दलको सरकार बनाउन आह्वान गर्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस