तीन प्रहरी कर्मचारी बर्खास्त, एसपीसहित ११ जनालाई विभागीय कारबाहीका लागि सिफारिस « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

तीन प्रहरी कर्मचारी बर्खास्त, एसपीसहित ११ जनालाई विभागीय कारबाहीका लागि सिफारिस


२७ श्रावण २०७८, बुधबार


नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीको युएन मिसन परीक्षाको प्रश्नपत्र बाहिरिएको प्रकरणमा गठित छानबिन समितिले तीन जना प्रहरी कर्मचारीलाई बर्खास्त गर्न सिफारिस गरेको छ । समितिले युएन शाखामा कार्यरत प्रहरी कर्मचारीहरू प्रहरी नायब निरीक्षक जनक थापा, प्रहरी हवल्दार कुमार शाह र कार्यालय सहयोगी सुरेश बमलाई बरखास्त गर्न सिफारिस गरेको हो ।

यस्तै प्रहरी उपरीक्षक अनुपम शमशेर राणा, परीक्षा सञ्चालन समितिका प्रहरी उपरीक्षक वेद विष्ट, प्रहरी नायब उपरीक्षक रुपेश खड्का, सुगन्ध श्रेष्ठसहित ११ जनालाई विभागीय कारबाहीको लागि सिफारिस गरेको छ। कारबाहीको सिफारिस गरिएकाहरूमा प्रहरी निरीक्षक, प्रहरी नायब निरीक्षक, प्रहरी सहायक निरीक्षक, हवल्दार, जवानसमेत छन्।

साउन १४ गते प्रहरी प्रधान कार्यालयमा लिइएको युएन परीक्षा अगाडि नै प्रश्नपत्र बाहिरिएपछि प्रहरी महानिरीक्षक वसन्त लामाको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो । समितिले बुधवार प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई प्रतिवेदन बुझाएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस