लुम्बिनीका दुई मन्त्रीले पनि राजीनामा दिँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लुम्बिनीका दुई मन्त्रीले पनि राजीनामा दिँदै


२७ श्रावण २०७८, बुधबार


काठमाडौँ । लुम्बिनी प्रदेशका दुई मन्त्रीले राजीनामा दिने भएका छन् । जनता समाजवादी पार्टी (जसपा)बाट सरकारमा सहभागी भूमि व्यवस्था तथा सहकारी मन्त्री विजयबहादुर यादव र उद्योग वन तथा वातावरण मन्त्री कल्पना पाण्डे लम्सालले राजीनामा दिन लागेको स्रोतले बतायो ।

यसअघि मङ्गलवार भौतिक पूर्वाधार विकासमन्त्री सन्तोष कुमार पाण्डेयले पनि पदबाट राजीनामा दिएको बताइएको छ । भौतिक पूर्वाधार राज्यमन्त्री सुसन शर्मा रायमाझीले भने एक महिना अघि नै राजीनामा दिएर पार्टीमा फर्केकी छन् ।

यी तीनै जना मन्त्रीलाई जसपाले पार्टीको निर्णयविपरित सरकारमा गएको र पार्टीको ह्विप उल्लङ्घन गरेको भन्दै सांसद पदबाट पदमुक्त गरेको थियो ।

यस्तै आज मुख्यमन्त्री शङ्कर पोखरेलले पनि राजीनामा दिने तयारी गरेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस