उपसचिव बढुवाका लागि एक जनाको नाम सिफारिस « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

उपसचिव बढुवाका लागि एक जनाको नाम सिफारिस


२७ श्रावण २०७८, बुधबार


काठमाडौँ । नेपाल कृषि सेवा समूहतर्फ उपसचिव बढुवाका लागि एक जनाको नाम सिफारिस भएको छ । मङ्गलवार बसेको बढुवा समितिको बैठकले ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाका लागि बाली संरक्षण समूहअन्तर्गत उपसचिव बढुवाका लागि मनोज पोख्रेलको नाम सिफारिस गरेको हो ।

कृषि सेवा अन्तर्गतकै माटो विज्ञान समूहमा दरखास्त दिए पनि कुनै पनि उम्मेदवार बढुवाका लागि सिफारिसको सूचीमा नपरेको समिति सचिवालयले जनाएको छ ।

यसअघि बढुवा समितिले नेपाल इन्जिनियरिङ सेवा समूह अन्तर्गत आइतबार दुई जना र सोमबार चार जनाको नाम उपसचिवमा बढुवाका लागि सिफारिस गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस