लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वानविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वानविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा


२६ श्रावण २०७८, मंगलबार


high court

काठमाडौँ । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरिएको रिटमा मंगलबार सुनुवाइ हुन सकेन ।

सोमबार लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा प्रदेशसभा सदस्य लीला गिरीले दायर गरेको रिट निवेदन मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा पेसी राखिएको थियो।

विशेष अधिवेशन आह्वानविरुद्ध दायर गरिएको रिट आज सोमबार सुनुवाइ हुन नसकेपछि मुद्दा हेर्न नभ्याइनेमा राखिएको हो ।

यससँगै मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न भोलि बुधबारबोलाइएको लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन नरोकिने भएको छ ।

सम्बन्धित समाचार : लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशनविरुद्ध सर्वोच्चमा रिट दर्ता, मंगलबार पेसी

Tags :
प्रतिक्रिया दिनुहोस