तीन थान सुनको बालासहित त्रिभुवन विमानस्थलबाट एक जना पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

तीन थान सुनको बालासहित त्रिभुवन विमानस्थलबाट एक जना पक्राउ


२६ श्रावण २०७८, मंगलबार


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ सय ५० ग्राम सुनको बालासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछाप रस्नालु गाविस स्थायी घर भई हाल काठमाडौँको कुमारीगल बौद्ध बस्ने वर्ष २५ को सन्तोष बस्नेत छन् । अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको नयाँ पार्किङ एरियाबाट उनलाई प्रहरीले मंगलबार बिहान ९:४५ बजे पक्राउ गरेको हो ।

जजिरा एयरलाइन्सको बिहान अन्दाजी ७ बजे ल्याण्ड भएको उडानद्वारा साउदीबाट काठमाडौँ आएका यात्रुलाई भन्सार छली गर्न लगाइ उक्त सुन ल्याउन लागाएको प्रहरीको दाबी छ ।

विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको नयाँ पार्किङ एरियामा शङ्कास्पद अवस्थामा निगरानी गर्दा उनको साथबाट १५० ग्राम सुन बरामद भएको हो । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस