यस्तो छ अर्थमन्त्री शर्माले जारी गरेको आर्थिक स्वेतपत्र (पूर्णपाठसहित) « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

यस्तो छ अर्थमन्त्री शर्माले जारी गरेको आर्थिक स्वेतपत्र (पूर्णपाठसहित)


२६ श्रावण २०७८, मंगलबार


काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक स्वेतपत्र जारी गरेका छन् । अर्थमन्त्री शर्माले सरकारको तर्फबाट संसदमा आर्थिक श्वेतपत्र जारी गरेका हुन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री शर्माले ‘देशको आर्थिक अवस्थाको जानकारी’ शीर्षकको स्वेत पत्र प्रस्तुत गरेका हुन् । उनले देशको सञ्चित कोष १ खर्ब ४३ अर्बले घाटामा रहेको जानकारी दिए ।

सम्बन्धित समाचार : देशको सञ्चित कोष एक खर्ब ४३ अर्बले घाटामा : अर्थमन्त्री शर्मा

२०७४ सालमा तत्कालीन सरकारले आर्थिक स्वेतपत्र जारी गर्दा ४३ अर्बले घाटामा रहेको सञ्चित कोष आर्थिक वर्ष २०७६/७७ मा २ खर्ब १६मा पुगेको मन्त्री शर्माले स्मरण गराए । 

‘आर्थिक वर्ष २०७७र७८सम्म बचत हुन सक्ने देखिएको ७३ अर्बलाई सञ्चित घाटा पूर्तिमा लगाउने हो भने पनि एक खर्ब ४३ अर्बले सञ्चित कोष घाटाम रहेको देखिएको छ,’ उनले श्वेतपत्रमा भनेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस