आवश्यकता पर्‍यो भने संविधान संशोधन हुन्छ : ओली « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आवश्यकता पर्‍यो भने संविधान संशोधन हुन्छ : ओली


२६ श्रावण २०७८, मंगलबार


काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आवश्यकता परेमा संविधान संशोधन गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्रीबाट हटेपछि मंगलबार प्रतिनिधिसभामा सम्बोधन गर्दै ओलीले अहिले संविधानको सर्वस्वीकार्यता भएको बताएका हुन् ।

उनले थरूहटलगायतसँग सहमति भएको पनि दाबी गरे । उनले भने, ‘संविधानको स्वीकार्यता भएको छ । आवश्यकता पर्‍यो भने संविधानको संशोधन पनि गर्नुपर्छ । त्यसलाई संविधानको अस्वीकार्यता भन्न मिल्दैन । सरकारले अघिल्ला सरकारले गरेका राम्रा कामहरूलाई पनि निरन्तरता दिनुपर्छ ।’

पछिल्लो समय सत्तारुढ दल र प्रतिपक्षबीच संवादहीनताको अवस्था आएको पनि ओलीको आरोप छ । ‘अहिले सत्ता पक्ष उन्मादमा छ । प्रतिपक्षलाई ठेगान लाइदिन्छौं भन्ने देखिएको छ,’ ओलीले भने ।

त्यसैगरी उनले लिपुलेक र लिम्पियाधुरा समस्या नभएर नेपालको पवित्र भू-भाग भएको बताएका छन् ।

संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा लिपुलेक र लिम्पियाधुरलाई ‘समस्याु लेखिएको भन्दै उनले आपत्ति जनाएका हुन् । उनले संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रममा भूमि फिर्ता सम्बन्धी स्पष्ट कुरा गर्न सुझाव दिए ।

ओलीले भने,’संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा लिपुलेक र लिम्पियाधुरालाई समस्या भन्नुभएको छ । यो समस्या नभएर नेपालको पवित्र भू-भाग हो ।’

उनले प्रधानमन्त्री देउवालाई लिम्पियाधुरा कालापानी फिर्ता ल्याउँछु भनेर किन भन्न नसकेको भन्दै प्रश्‍न गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस