अमेरिका गैरजिम्मेवाररुपमा बाहिरिँदा अफगानिस्तानमा समस्या भयो : पाकिस्तानी विदेश मन्त्री « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अमेरिका गैरजिम्मेवाररुपमा बाहिरिँदा अफगानिस्तानमा समस्या भयो : पाकिस्तानी विदेश मन्त्री


२६ श्रावण २०७८, मंगलबार


इस्लामावाद । पाकिस्तानका विदेश मन्त्रीले अफगानिस्तानबाट अमेरिका गैरजिम्मेवाररुपमा निस्किएको बताएका छन् ।

पाकिस्तानका विदेश मन्त्री साह मोहमद कुरेसीले अफगानिस्तानबाट अमेरिकाले आफ्ना सेना गैरजिम्मेवाररुपमा बाहिर निकालेकाले यो अवस्था आएको बताएका छन् ।

अमेरिका र नेटो सेना अफगानिस्तानबाट निस्किएपछि त्यहाँको अवस्था अराजक बन्दै गएको उनले बताएका छन् ।

विदेश मन्त्री कुरेसीले भनेका छन् कि अमेरिकाले आफ्नो र नेटो सेनालाई बिना कुनै तयारी गैरजिम्मेवारीरुपमा निकालेकाले त्यहाँ तालिबान विद्रोहीहरुले अराजकता मच्चाउन थालेको बताएका हुन्।

उनले सोमबार पाकिस्तानको इस्लामावादमा आयोजना गरिएको पत्रकार सम्मेलनमा भनेका छन्, अमेरिकाले आफ्नो र नेटो सेनालाई जिम्मेवार र व्यवस्थित रुपमा फिर्ता गरेको भए अहिलेको यो अराजक अवस्था आउने थिएन, तर अमेरिकाले यसतर्फ ध्यानै दिएन ।

हाल अफगानिस्तानबाट अमेरिकी र नेटो सैनिक फिर्ता भइरहेका समयमा देशैभरि हिंसा भएको र यसका कारण अराजकताको अवस्था आएको उनले बताएका छन्।

अमेरिकाले व्यवस्थितरुपमा यहाँबाट सेना फिर्ता गर्ने योजना बनाउनु पर्नेमा त्यसो नगरेको र जसका कारणले अहिले तालिबानले देशमा हिंसा गरिरहेको उनले बताए ।

अफगानिस्तानमा शान्ति स्थापनाका लागि विगतमा पाकिस्तानले पनि धेरै काम गरेको भन्दै उनले तर अहिले आएर यहाँको शान्ति प्रक्रिया धरापमा परेकोमा पाकिस्तानलाई चिन्ता लागेको उनले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस