तुइन प्रकरणप्रति सभामुखको गम्भीर ध्यानाकर्षण « प्रशासन
Logo १९ मंसिर २०७८, आइतबार
   

तुइन प्रकरणप्रति सभामुखको गम्भीर ध्यानाकर्षण


२६ श्रावण २०७८, मंगलबार


काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले दार्चुलाका जयसिंह धामीको तुइन चुँडिएर महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख सापकोटाले तुइन प्रकरणको विषयमा यथार्थ जानकारी दिन सरकारको गम्भीर ध्यानाकर्षण गराए।

यही साउन १५ गते बिहान दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटमा तुइन प्रयोग गर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिएपछि स्थानीय धामी बेपत्ता भएको घटना सार्वजनिक भएको थियो ।

सरकारले सो घटनाको छानबिनका लागि यही साउन १७ गते गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । छानबिन टोलीलाई १० दिनको समय सीमा दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस