एक वर्षमा १३८ फरार अभियुक्त पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एक वर्षमा १३८ फरार अभियुक्त पक्राउ


२६ श्रावण २०७८, मंगलबार


लहान । विभिन्न अपराधमा संलग्न रही फरार रहेका १३८ फरार अभियुक्तलाई सिराहा प्रहरीले पक्राउ गरी अदालतमा पेस गरेको छ ।

अदालतको फैसला कार्यान्वयन गराउन आव २०७७/७८ मा ती सबैलाई पक्राउ गरी अदालतमा पेस गरेको सिराहा प्रहरीले जनाएको छ । विभिन्न घटनामा संलग्न रही अदालतबाट तोकिएको कैद सजाय, जरिवाना नतिरी फरार अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

अदालतबाट फैसला भई फरार रहेकालाई फैसला कार्यान्वयन गराउने क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभास बुढाथोकीले जानकारी दिए ।

पक्राउ परेकामा कर्तव्य ज्यान, हाडनाता करणी, लागु औषध, सवारी ज्यान, चेक अनादर, अंशबन्डा, सम्बन्ध विच्छेद, कुटपिट र लुटपाट मुद्दामा संलग्न रहेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए । आव २०७७/७८ मा सानो र ठुलो गरी १३ थान हतियार बरामद भएको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस