मोटरसाइकलको ठक्करबाट प्रहरी इन्स्पेक्टरको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मोटरसाइकलको ठक्करबाट प्रहरी इन्स्पेक्टरको मृत्यु


२६ श्रावण २०७८, मंगलबार


बुटवल । नवलपरासीमा मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) कपिल वाग्लेको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बर्दघाटका इन्चार्ज ४३ वर्षीय वाग्लेको गए राति रुपन्देहीको भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

तनहुँको म्याग्दे गाउँपालिका ४ घर भएका वाग्लेलाई बर्दघाट नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा हिँडिरहेको बेला लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले गए राति सवा आठ बजेतिर ठक्कर दिएपछि घाइते उनलाई उपचारका लागि भैरहवास्थित भैरहवा मेडिकल कलेजमा लगिएको थियो । उनको उपचारकै क्रममा राति नै मृत्यु भएको नवलपरासी प्रहरीले जनाएकाे छ ।

Tags :
प्रतिक्रिया दिनुहोस