सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै (कार्यसूचीसहित) « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै (कार्यसूचीसहित)


२६ श्रावण २०७८, मंगलबार


काठमाडौँ। सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । राष्ट्रिय सभाको बैठक बिहान ११ बजे र प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जानकारी दिएको छ ।

बैठकमा विधायन व्यवस्थापन समिति सभापति परशुराम मेघी गुरुङले ‘रेल्वे विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची छ । ‘प्रत्यायन विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन पनि आजको बैठकमा पेस हुनेछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७’, ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि आजको बैठकमा पेस गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ । विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको ‘स्टाण्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक, २०७६ पनि छलफलमा प्रस्ताव गरिने र पारित गर्नका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ।

यसैगरी दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश आजको प्रतिनिधिसभा बैठकमा टेबुल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस