कर्मचारीको घाँटी काटेर ज्यान मार्ने पालिका अध्यक्ष लिम्बुको धम्कीप्रति युनियनको ध्यानाकर्षण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कर्मचारीको घाँटी काटेर ज्यान मार्ने पालिका अध्यक्ष लिम्बुको धम्कीप्रति युनियनको ध्यानाकर्षण


२६ श्रावण २०७८, मंगलबार


तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बुले लेखापाल सुजन थापालाई घाँटी काटेर ज्यान मार्ने धम्की दिएको घटनाप्रति नेपाल निजामती कर्मचारी युनियनले आपत्ति जनाएको छ ।

खर्च नै नगरी फर्जी बिलभर्पाइ तयार गरिएको अनियमित भुक्तानी गर्न इन्कार गर्दा लेखापाल थापालाई ज्यान मार्ने धम्की दिएको युनियनले जनाएको छ ।

अध्यक्ष लिम्बुले मादक पदार्थ सेवन गरी गाउँपालिकामा कार्यरत प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक कृष्ण चम्लागाईं र गाउँपालिका शिक्षा शाखा सल्लाहकार नन्द कुमार दर्नालसहित सात जना समर्थकलाई साथमा लिएर ‘म अध्यक्ष मात्र होइन, गुन्डा पनि हुँ’ भन्दै घाँटी काट्ने धम्की दिएको युनियनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

धम्कीको विरोध जनाउँदै युनियनले अनुसन्धान गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस