प्रदेश नं १ मा ९५४ सङ्क्रमित थपिए « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रदेश नं १ मा ९५४ सङ्क्रमित थपिए


२५ श्रावण २०७८, सोमबार


विराटनगर । प्रदेश नं १ मा कोभिड–१९ बाट ९५४ जनासङ्क्रमित भएका छन् । एक हजार ७४४ जनाको पिसीआर परीक्षण गर्दा ५५४ र एक हजार ४८३ जनाको एन्टिजेन परीक्षण गर्दा ४०० मा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पिसीआर परीक्षणका आधारमा झापा २५७, मोरङ १३८ मध्ये विराटनगर ६१, सुनसरी ९९, इलाम १९, धनकुटा १८, उदयपुर छ, सङ्खुवासभामा दुई, पाँचथर र तेह्रथुममा एक/एक र प्रदेश बाहिरका १३ जनामा सङ्क्रमण देखिएको छ । तीन सय ३८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सोही अवधिमा कोरोना सङ्क्रमणका कारण दुई महिलासहित पाँच जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस