पछिल्लो २४ घण्टामा थप ३,६५१ जनामा कोरोना सङ्क्रमण पुष्टि, २२ जनाको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पछिल्लो २४ घण्टामा थप ३,६५१ जनामा कोरोना सङ्क्रमण पुष्टि, २२ जनाको मृत्यु


२५ श्रावण २०७८, सोमबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६५१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १६ हजार ५९४ जनाको परीक्षण गर्दा पीसीआरबाट २ हजार ६०९ र एन्टिजेन विधिबाट १ हजार ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म पीसीआर विधिबाट ७ लाख १६ हजार ४८६ र एन्टिजेन विधिबाट ६९ हजार ५२० जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप १७८४ जना सङ्क्रमणमुक्त भएका छन् । कूल सङ्क्रमितमध्ये ६ लाख ७१ हजार ८३ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९३.५ प्रतिशत रहेको छ ।

नेपालमा सोमबार थप २२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार ११५ पुगेको छ । नेपालमा कोभिड–१९ बाट मृत्यु हुने दर १.५ प्रतिशत रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस