नयाँ तलबमान स्वीकृत गर्ने मन्त्रिपरिषद् निर्णय « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

नयाँ तलबमान स्वीकृत गर्ने मन्त्रिपरिषद् निर्णय


२५ श्रावण २०७८, सोमबार


काठमाडौँ । सरकारले निजामती कर्मचारी, सुरक्षाकर्मी र शिक्षकको नयाँ तलबमान स्वीकृत गर्ने निर्णय गरेको छ।

सोमबार(आज) बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

‘सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयका शिक्षक, प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान स्वीकृत गर्ने निर्णय भएको छ,’ प्रवक्ता कार्कीले भने।

Tags :
प्रतिक्रिया दिनुहोस