निर्वाचन आयोगमा जसपाको नयाँ अभिलेख, महन्थ ठाकुर अध्यक्षबाट हटे « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

निर्वाचन आयोगमा जसपाको नयाँ अभिलेख, महन्थ ठाकुर अध्यक्षबाट हटे


२५ श्रावण २०७८, सोमबार


काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको नयाँ कार्यकारिणी समितिलाई अद्यावधिक गर्दै ३५ सदस्यीय समितिको अभिलेखीकरण गरेको छ ।

अब जसपा अध्यक्षबाट महन्थ ठाकुर कानुनी रुपमा हटेका छन् । ठाकुर पक्षका १६ जना बाहेकको केन्द्रीय कार्यकारिणी समिति आयोगको अभिलेखमा कायम भएपछि ठाकुर, राजेन्द्र महतो, सरतसिंह भण्डारी लगायतको हैसियत साधारण सदस्य मात्र भएको छ ।

आयोगमा जसपाको आधिकारिकता पाएको उपेन्द्र यादव अध्यक्षताको बैठकले गरेको निर्णयको माइन्युट बमोजिम कार्यकारिणी समितिको अभिलेखीकरण गरिएको आयोगका सचिव सुरेश अधिकारीले जानकारी दिए ।

५१ सदस्यीय कार्यकारिणी समितिका ३४ जनाले यादव पक्षमा उभिएका थिए भने १६जना ठाकुर पक्षमा उभिएका थिए । दुवैतिर नलागेका रेशम चौधरीलाई भने उपेन्द्र पक्षले कार्यकारिणी समितिमा स्थान दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस