सेयर बजारमा १४ अर्बको कारोबार, बजार सामान्य रुपले उकालो लाग्यो « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

सेयर बजारमा १४ अर्बको कारोबार, बजार सामान्य रुपले उकालो लाग्यो


२५ श्रावण २०७८, सोमबार


काठमाडौँ । सोमबार शेयर बजार सामान्य रुपले उकालो लागेको छ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का अनुसार बजार १.५४ अङ्कले बढेको हो। ०.०५ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक ३१०९.६६ अङ्कमा पुगेको छ।

आज १४ अर्ब १३ करोड ७३ लाख ३८ हजार ८ सय ८१ रुपैयाँ बराबरको कारोबार भएको छ। २२४ कम्पनीका २ करोड ५३ लाख ९३ हजार ६ सय ९९ कित्ता शेयर किनबेच भएका छन्।

आइतबार पनि बजार ०.६६ अङ्कले बढ्दा १४ अर्ब ३० करोड ८१ लाख ३६ हजार ८ सय ८७ रुपियाँ बराबरको कारोबार भएको थियो।

नेप्सेका अनुसार अन्य कम्पनीको तुलनामा जलविद्युत समूहका कम्पनीको सेयर मूल्य आज बढेको छ। जलविद्युत ११९.५७ अङ्क, वित्त ९०.९१ अङ्क, निर्जीवन बीमा ३९ अङ्क, अन्य ८.४१ र जीवन बीमा ४८.४ अङ्कले बढ्दा बाँकी समूह राताम्मे छन्।

आईसीएफसी फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैङ्क, नेपाल हाइड्रो, जीवन विकास लघुवित्त र युनियन हाइड्रोको शेयर मूल्य १०–१० प्रतिशतले बढेको नेप्सेले जनाएको छ।

हिमालयन पावर, ङादी ग्रुप पावर, युनियन लाइफ, हिमालयन ऊर्जा र यूनाइटेड मोदी हाइड्रोको शेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। सिद्धार्थ बैङ्कको ऋणपत्रका लगानीकर्ताले सबैभन्दा बढी ३.९६ प्रतिशतले घाटा व्यहोरेका छन्।

अरुण भ्याली हाइड्रोको उच्च कारोबार भएको छ। अरुण भ्यालीको ६७ करोड ४८ लाख ५५ हजार ८ सय ६०.३० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस